धवलागिरीका बाढीपहिरो पीडितलाई मोना युकेद्धारा साढे दुई लाख सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाका बाढी पहिरो पीडितलाई मोना युकेले आर्थिक सहयोग गरेको छ । गत असार २५ र २६ मा गएको बाढी पहिरोबाट विस्थापित परिवारलाई मोना युकेले दुई लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

????????????????????????????????????

सो रकमको चेक आइतबार गाउँँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले वडा नम्बर ६ का अध्यक्ष राजाराम सुवेदी र वडा नम्बर ७ का वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष देब बहादुर थापालाई हस्तान्तरण गर्नुभएको हो । उपाध्यक्ष छन्त्यालले सहयोगी संस्था मोना युकेलाई सहयोगप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । उहाँले सहयोग रकम पीडित परिवार हस्तारण गरिने बताउनुभयो ।

????????????????????????????????????

उहाँले बाढी पहिरोबाट धवलागिरीमा सबैभन्दा बढी क्षती भएको बताउनुभयो । गाउँपालिका तथा देशविदेशमा रहेका म्याग्दीली लगायत नेपालीको सहयोगमा पीडित परिवारलाई तत्काल राहत तथा व्यवस्थापन गरिएको जानकारी दिनुभयो । विस्थापित परिवारको पुर्नवास तथा पुनस्र्थापनका लागि गाउँपालिकाले अभियान थालेको समेत बताउनुभयो ।

वडा नम्बर ६ का अध्यक्ष सुवेदीले सहयोगप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । उहाँले मोना युकेका कोषाध्यक्ष पदम सुन्दर गर्बुजाको पहलमा मराङका बाढी पहिरो पीडितलाई तत्काल आर्थिक, जिन्सी तथा खाद्यान्न सहयोग प्राप्त भएको समेत जानकारी दिनुभयो । धवलागिरीको वडा नम्बर ६,मराङमा मृतक २१ जनाका आफन्त ९ सहित पुर्ण क्षती १७ ,आकस्मीक क्षती १७ ,वडा नं. ७ मा पुर्ण क्षती १४ परिवारलाई सो रकम वितरण गरिने मोना युकेले जनाएको छ ।

क्षतीको आधारमा म्याग्दीका सबै पालिकाका बाढी पहिरो पीडित परिवारलाई सहयोग हस्तान्तरण गरिने मोना यूकेका अध्यक्ष दल जुग्जालीले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष छन्त्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पत्रकार साधन राम्जालीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार