नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

काठमाडौँ । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई नियुक्त गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको शुक्रबार जानकारी दिएको । मुख्य प्रशिक्षकका लागि उनीसहित १० जनाले आवेदन दिएका थिए ।

श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्वक्रिकेटर हुन् भने उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो।

उनको तलब मासिक १० हजार डलर आसपास हुने क्यान स्रोतले बताएको छ । यस्तै उनले आगामी जनवरीदेखि नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् ।

यसैगरी क्यानले पूर्वकप्तान विनोद दासलाई क्रिकेट म्यानेजर, रौनकबहादुर मल्ललाई महाप्रबन्धक र रमेशकुमार न्यौपानेलाई प्रमुख लेखा अधिकृतका रुपमा नियुक्त गरेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार