बानेश्वरस्थित पठाओको कार्यालयमा राइडरहरुको एक समूहद्वारा तोडफोड

काठमाडौं । राजधानीको बानेश्वरस्थित पठाओको कार्यालयमा तोडफोड भएको छ । केही समययता कम्पनीविरुद्ध आन्दोलित हुँदै आएका राइडरहरुको एक समूहले कार्यालयमा तोडफोड गरेको प्रहरीले बताएको छ ।

कम्पनी र आन्दोलनरत पक्षबीच वार्ता भएर सहमति जुटेको भन्दै निर्णय सुनाइँदै गर्दा सोमबार एक समूहले तोडफोड गरेको हो । तोडफोडमा संलग्न केही युवालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरका डीएसपी दक्ष बस्नेतले जानकारी दिए ।

कम्पनीले आफूखुसी निर्णय गरेको, सेवा सुविधा नदिएको, राइडिङ्ग बापतको कमिसन समेत धेरै लिएर कामदार मार्ने काम गरेकोलगायतको आरोप लगाउँदै राइडरहरु आन्दोलित हुँदै आएका छन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार