मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा नेपाल प्रहरीका दुई एसपी निलम्बित

काठमाडौं । नेपाल प्रहरीका दुई उपररीक्षक (एसपी) निलम्बनमा परेका छन् । आफू मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा दुई एसपी निलम्बित भएका हुन् ।

एसपीहरु विमल बस्नेत र रामेश्वर यादबलाई गृह मन्त्रालयले निलम्बन गरेको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतको प्रमुखका रुपमा कार्यरत रहँदा उनीहरुले अनियमितता गरेको आरोप छ ।

प्रहरी प्रधान कार्यालयले गरेको छानबिनमा अनियमितता पुष्टि भएपछि उनीहरुलाई कारबाही सिफारिस भएको थियो । सिफारिसअनुसार गृहले निलम्बन गरेर विभागीय कारबाही पक्रिया अघि बढाएको स्रोत बताउँछ । बस्नेत महानगरीय प्रहरी कार्यालय तथा यादब महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार