मालिकाका बाढीपहिरो पीडितलाई मोना यूकेद्धारा २ लाख पचास हजार रुपैयाँ सहयोग

बेनी । म्याग्दीको मालिका गाउँपालिकाका बाढी पहिरो पीडितलाई (म्याग्दी समाज) मोना युकेले दुई लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । विहिबार गाउँपालिकामा आयोजित कार्यक्रममा पत्रकार साधन राम्जालीले सो रकमको चेक गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरलाई हस्तान्तरण गर्नुभएको हो ।

????????????????????????????????????

गाउँपालिका अध्यक्ष रोका मगरले सहयोगी दाता मोना युकेलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । आर्थिक सहयोग रकम पीडित परिवारका लागि खर्च गरिने बताउनुभयो । उहाँले गत असार २५ र २६ मा गएको बाढी पहिरोले गाउँपालिकामा ठुलो धनजनको क्षती भएको बताउनुभयो । पीडित परिवारको राहत तथा व्यवस्थापनमा मोना युके ,मोना आईइसी एव्ं देशविदेशमा रहेका म्याग्दीली लगायत नेपालीहरुले ठुलो सहयोग गरेको उल्लेख गर्नुभयो ।

????????????????????????????????????


पीडित परिवारको पुर्नवासका लागि गाउँपालिकाले पहल थालेको समेत जानकारी दिनुभयो । मोना युके मार्फत उपलब्ध गराइएको विबरण अनुसार वडा नं १ मा ५ ,वडा नं.२ मा १ ,वडा नं. ३ मा १ ,वडा नं.४ मा ६ ,वडा नं.५ मा २० ,वडा नं. ६ मा ५ ,तथा वडा नं. ७ मा ३० जनालाई सहयोग हस्तान्तरण गरिने छ ।

????????????????????????????????????

विहिबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रोका मगर सहित उपाध्यक्ष खर माया विटालु ,प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेल ,वडा नम्बर १ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता टंकप्रसाद पुन मगर ,वडा नं. २ का अध्यक्ष नर बहादुर पुन ,वडा नम्बर ३ का अध्यक्ष हेम बहादुर पुन ,वडा नम्बर ४ का अध्यक्ष दिलिपकुमार शेरचन ,वडा नम्बर ५ का अध्यक्ष पिपला बुढा ,वडा नम्बर ६ का अध्यक्ष सन्तोष सुवेदी र वडा नम्बर ७ का अध्यक्ष रेशम जुग्जाली ,कार्यपालिका सदस्यहरु ,गाउँपालिकाका योजना अधिकृत सोम बहादुर केसी ,लेखा अधिकृत फनिन्द्र प्रसाद आचार्य लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

????????????????????????????????????

कार्यक्रमको संचालन पत्रकार राम्जालीले गर्नुभएको थियो । क्षतीको आधारमा म्याग्दीका सबै पालिकाका बाढी पहिरो पीडित परिवारलाई सहयोग हस्तान्तरण गरिने मोना यूकेका अध्यक्ष दल जुग्जालीले बताउनुभयो ।

????????????????????????????????????

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार