मालिकाको अदिभारामा जीप दुर्घटना हुँदा दश घाइते, दुई जनालाई पोखरा रिफर

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३, अदिभारा सडक खण्डमा जीप दुर्घटना हुँदा दश जना घाइते भएका छन् । वडा नम्बर ३ डाँडाखेतदेखी सोही मालिका गाउँपालिका वडा नम्बर १ निस्कोट जाने क्रममा ग १ ज ६७ ८८ नम्बरको जीप दुर्घटना भएको म्याग्दी यातायात प्रा.लि. दरबाङ काउण्टर निरिक्षक नगेन्द्र मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार ब्रेक फेल हुँदा जीप दुर्घटना भएको हो ।

बुधबार साँझ ५ बजेको समयमा भएको दुर्घटनामा परि चालक र जीपमा सवार ९ जना यात्रु गरी दश जना जना घाइते भएको अस्थाई ट्राफिक पोष्ट दरबाङका प्रहरी जवान अर्जुन थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते हुनेमा साविक रुम गाविस वडा नम्बर ९ का हाल मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङ बस्दै आउनुभएका ३३ बर्षिय चालक ज्ञान बहादुर पुन , बागलुङ्गको तमानखोला गाउँपालिका –६ का ३८ बषर््िाय चन्द्रमान छन्त्याल , धवलागिरी गाउँपालिका –७ काफलडाँडाका ४२ बर्षिय मानसिङ बुढा , मालिका गाउँपालिका –४ च्युरिबोटकी ६१ बर्षिया करि घर्ति , मालिका गाउँपालिका –३ पात्लेका २८ बर्षिय राजेश रोका ,मालिका गाउँपालिका – ३ पात्लेका ७ बर्षिय राहुल रोका , मालिका गाउँपालिका वडा नम्बर २ रुमका १२ बर्षिय भविन्द्र रोका ,सोही रुमकी २६ बर्षिया मिना रोका , रुमका ३४ बर्षिय प्रेम रोका र मालिका गाउँपालिका वडा नम्बर ४ च्युरिबोटकी ३७ नरदेबी पुन रहेका छन् ।


घाइते मध्ये गम्भीर चोट लागेका मानसिङ बुढा र प्रेम रोकालाई घटना लगत्तै दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र,दरबाङमा सामान्य उपचार पछि पोखरा स्थित स्थित फेवा सिटी अस्पतालमा रिफर गरिएको प्रहरी जवान थापाले जानकारी दिनुभयो । घाइते मानसिङको हात ,खुट्टा र ताउकोमा तथा प्रेमको कुममा गम्भिर चोट लागेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई उद्धृद गर्दै प्रहरी जवान थापाले भन्नुभयो ।भने अन्य सामान्य उपचार पछि घर फर्किएका छन् ।
तस्बिर सौजन्य ः नगेन्द्र मल्ल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार