म्याग्दीमा सात बर्षिया बालिका बलात्कृत

बेनी । म्याग्दीमा सात बर्षिया बालिका बलात्कृत भएकी छन् । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ५ की ७ बर्षिया बालिका १५ बर्षिय किशोरबाट बलात्कृत भएकी हुन् ।

पीडितलाई आरोपितले पुस २ गते दुर्वयवहार गरेको भन्दै पीडित पक्षले आरोपिविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजङ्ग कुँवरले बताउनुभएको छ । पीडित बालिकाको स्वास्थ्य सुधार आएको उहाँले बताउनुभयो ।

‘पीडितको जाहेरी ,मेडिकल टेष्ट लिएर थप अनुसन्धान अगाडी बढाइएको छ ,’–प्रनाउ कुँवरले भन्नुभयो । आरोपित किशोरलाई बाल निगरानी कक्षमा राखिनेछ । पीडित बालिकाको स्वास्थ्य अवस्था असामान्य रहेकाले थप उपचार र स्वास्थ्य परिक्षणका लागि बेनी अस्पतालबाट पोखरा पठाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार