रिखार युवा क्लको अध्यक्षमा केशव छन्त्याल

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ८ ,कुइेनेमंगलेमा रहेको रिखार युवा क्लबको अध्यक्षमा केशव छन्त्याल चयन हुनुभएको छ । सोमबार सम्पन्न क्लबको अधिवेशनबाट छन्त्यालको अध्यक्षतामा नयाँ कार्यसमित चयन गरिएको हो ।

क्लबको बरिष्ठ उपाध्यक्षमा अगेन्द्र छन्त्याल ,उपाध्यक्षमा प्रेमप्रसाद छन्त्याल ,सचिवमा प्रेम छन्त्याल ,कोषाध्यक्षमा गंगा पुन ,सह–सचिवमा पुर्णप्रसाद छन्त्याल तथा सदस्यहरुमा लोक बहादुर छन्त्याल ,खप्रसाद छन्त्याल ,मनकु छन्त्याल ,श्याम छन्त्याल ,विमयाँ विक ,प्रेमकुमारी छन्त्याल र धनकुमारी छन्त्याल सहित नयाँ कार्यसमित गठन गरिएको स्थानीय युवा अंकित पुन मगरले जानकारी दिनुभयो । क्लबले वडाको सामाजिक कार्य लगायत विभिन्न कार्यक्रमम संचालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार