
नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ३ जनामा संक्रमण पुष्टि…
सुर्खेत । कोभिड–१९ (कोरोना भाइरस) बाट कर्णालीमा एकजना शिक्षकको मृत्यु भएको छ। स्याङजा आँधीखोला गाउँपालिका–५, घर भइ डोल्पामा अध्यापन गराउँदै आएका ५१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
उनको डोल्पामा पुस १४ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट कोरोना संक्रमण भएको पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए। पुस १६ गते दिउँसो टाउको दुख्ने, वान्ता आउने तथा चक्कर लाग्ने समस्या देखिएपछि डोल्पा जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। अक्सिजन स्याचुरेसन सामान्य (९३ प्रतिशत) रहेको, निज मधुमेह, उच्च रक्तचाप, युरिक एसिडको दीर्घ रोगी भइ औषधि सेवन गरिरहेको बताइएको छ। उनको केही वर्ष पहिला मुटुको अप्रेसनसमेत भएको थियो।
पुस १७ गते बिहान बेहोस भएका थिए। उनलाई सास फेर्ने नलीमा पाइप राखिएको र काठमाडौँस्थित ह्याम्स अस्पतालमा रेफर गरिएको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए। उनका अनुसार सिटी स्क्यान गर्दा मस्तिष्कमा रक्त सञ्चालन नभएको पाइएको छ। उनी डोल्पाका अध्यापन गराउँदै आएका थिए। योसँगै कर्णालीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ। nagariknews.nagariknetworkबाट साभार
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ३ जनामा संक्रमण पुष्टि…
बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ ।भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि…
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ८८ जनामा संक्रमण पुष्टि…