अपराध आर्थिक मुख्य समाचार राष्ट्रिय समाचार समाज

खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मंगलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि कारबाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ ।

विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाइँ बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि कारबाही गरिएको बताउँछन् । उनकाअनुसार बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाहीस्वरुप रु तीन/तीन लाख जरिवाना गरिएको हो ।

पछिल्लो समय बजारमा खाने तेलको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको छ । तीन महिनाअघिको तुलनामा हाल तोरीको तेलको मूल्य प्रतिलिटर रु ४०, सनफ्लावर तेल प्रतिलिटर रु ४० र भटमासको तेल लिटरमा रु २० भन्दा बढीले मूल्य बढाइएको छ ।

अनुगमनका क्रममा अस्वभाविक रुपमा बढाइएको खाने तेलको मूल्यवृद्धि सच्याउन निर्देशन दिइएको छ भने निर्देशनका पालना नगरे कानूनअनुसार थप कारबाही हुने जनाइएको छ । मागअनुसार स्वदेशी उत्पादनले नपुग्ने र अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्दा पछिल्लो समय खाने तेलको मूल्यमा वृद्धि भएको व्यवसायी बताउँछन् । नागरिक खबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

युवतीलाई अपहरण गरेर बलात्कार प्रयास गर्ने फरार आरोपी पक्राउ

काठमाडौं । युवतीलाई अपहरण गरेर बलात्कार प्रयास गरेको आरोपमा फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङ गलकोट नगरपालिका–३ घर भएका ३४ बर्षिय दीपक गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर…

thumbnail

विद्यालयमै बालिकामाथि यौन दुर्व्यवहार, आरोपित शिक्षक पक्राउ

कञ्चनपुर । १४ वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका–६ विद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक…

thumbnail

लागुऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ

सुर्खेत । भेरीगङ्गा नगरपालिका–५ सुर्खेत कालिदमारबाट छ ग्राम ५ सय ९० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी तथा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय छिन्चु…