थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि ,६ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ सय ५४ कोरोना संक्रमित थपिएका छन् । शुक्रबार विभिन्न प्रयोगशाला गरिएका परीक्षमा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ६४ हजार १५९ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ५८५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार २१ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ७४ हजार ५६१ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३३८ रहेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप ६ को मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ हजार ९ सय ९ जना पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार