
७८ जना कोरोना संक्रमित थपिए , १ को मृत्यु
काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकका विभिन्न प्रयोगशालामा २ हजार ५ सय ३२ पीसीआर परीक्षण गरिएकोमा ७८ जनामा संक्रमण…
बलेवा । धौलागिरी अस्पतालमा पहिलो पटक हड्डीको सफल प्रत्यारोपण भएको छ । लडेर खुट्टाको जाँघको गेडी भाँचिएका बिरामीको बागलुङमै सफल प्रत्यारोपण भएको हो । बरेङ गाउँपालिका–१ का ५६ वर्षीय मन बहादुर छन्त्यालको गेडी फेरेर धातुको राखिएको अस्पतालका हाडजोर्नी विशेषज्ञ डा नवीन पौडेलले बताउनुभयो । घटना भएर उपचारमा आएका उनको अस्पताल भर्ना भएको तेस्रो दिनमै सफल शल्यक्रिया सम्पन्न भएको हो ।
वीरअस्पतालमा काम गरेको अनुभव भएका डा पौडेल नेतृत्वमा अन्य डाक्टर र नर्ससमेत मिलेर शल्यक्रिया सफल बनाएको पौडेलले जानकारी दिनुभयो । “अस्पताल स्थापना भएपछि यति जटिल शल्यक्रिया भएकै थिएन”, उहाँले भन्नुभयो, “पहिलोपटक हामीले सफलता पाएकाले धेरैले धन्यवाद पनि दिए ।” अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानाले अस्पतालमा जटिल शल्यक्रिया सफल बनाएर बिरामीको विश्वास जित्न सकिएको बताउनुभयो ।
न्यून आर्थिक अवस्था भएकाले छन्त्याल पोखरा वा अन्य शहरी क्षेत्रमा जान सकेका थिएनन् । धौलागिरी अस्पतालमा आउने बित्तिकै उनलाई बागलुङमै उपचार सम्भव छ भनेर चिकित्सकले सल्लाह दिएपछि यही भर्ना भएर बसेका थिए । उनको सफल शल्यक्रिया भएकाले तीनचार दिनमा हिँड्न सक्नेसमेत पौडेलले बताउनुभयो ।
“पहिला विस्तारै हिँड्ने प्रयास गर्ने र त्यसपछि क्रमशः हिँड्न सक्नुहुन्छ”, पौडेलले भन्नुभयो, “कम खर्चमा जिल्लामै उपचार सम्भव गराउन सकिएकोमा सिङ्गो टिम पनि खुशी छौँ ।” यो अभियानमा डा प्रतीक आचार्य, विनित ढकाल र अर्का डा नवीन पौडेलनै सहभागी थिए । नर्सतर्फ देवी भट्टराई नेतृत्वमा पाँच सहभागी थिए । शल्यक्रिया सफल बन्नुमा कार्यालय सहयोगीसमेतको सामुहिक प्रयास रहेको उहाँले बताउनुभयो । पछिल्लो समय अस्पतालमा विशेषज्ञ डाक्टर बस्न थालेपछि शल्यक्रियालगायत सेवा प्रवाह भइरहेको छ । नागरिक खबरबाट साभार
काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकका विभिन्न प्रयोगशालामा २ हजार ५ सय ३२ पीसीआर परीक्षण गरिएकोमा ७८ जनामा संक्रमण…
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिनुभएको छ । झापामा आइतबार आयोजित कार्यक्रममा बोल्नुभएका प्रधानमन्त्री ओलीले आफूलाई हटाउन प्रचण्ड-नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ…
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा पत्रकारहरुका चार संघसंस्थाले सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् । प्रगतिशील पत्रकार संघ, नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल र प्रेस नेपालबीच सहकार्यको सहमति…