उर्जा मालिका गाउँपालिका मुख्य समाचार म्याग्दी न्युज विशेष

पाँच दिनदेखी विद्युत सेवा अवरुद्ध हुँदा करिब चार सय घरधुरी अन्धकारमा ,सुचारु हुन अझै केही समय लाग्ने

बेनी ।म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोटमा विद्युत सेवा बन्द भएको छ । च्युरिबोट स्थित दाजुङ खोला लघुजलविद्युत परियोजनाको विद्युत गृहको जेनेरेटर विग्रिएपछि सोमबारदेखी विद्युत आपुर्ति बन्द भएको हो । विद्युत गृहको जेनेरेटर विग्रिएपछि विद्युत उत्पादन बन्द भएको दाजुङ खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन समितिका अध्यक्ष नन्द बहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार मर्मत गर्न जेनेरेटर पुरानो भएको र आर्थिक समस्याका कारण विद्युत सेवा सुचारु हुन अझै केही समय लाग्ने छ । असारदेखी यता ६ पटक जेनेरेटर मर्मत गरिएको अध्यक्ष घर्ति मगरले बताउनुभयो । ‘असारदेखी यता ६ पटक जेनेरेटर मर्मत गरिसक्यौं,’अध्यक्ष घर्ति मगरले भन्नुभयो ,‘जेनेरेटर पुर्ण रुपमा विग्रिएको र नयाँ जेनेरेटर खरिद गर्न पैसा अभाव भएको छ । ’


विद्युत सेवा अवरुद्ध हुँदा करिब चार सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । भने टिभी, कम्प्युटर मोवाइल लगायत विद्युतीय सँचार सामाग्री अवद्ध भएका छन् ।

२०५७ सालदेखी उत्पादन सुरु भएको ३० किलोवाट क्षमताको जलविद्युत परियोजनाबाट वडा नं ३को खतेन सहित ओखरबोट ,च्युरिबोट ,महभिर र छाप गरेर तीन सय ९३ घरधुरीले सेवा लिँदै आएका छन् । सो लघुजलविद्युत परियोजनाबाट ५५ घरधुरीले खेतीका लागि सिचाई गर्दै आएका छन् भने एक पानीमिल संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

thumbnail

जामाखोला जलविद्युत् आयोजना पुनःनिर्माणपछि सञ्चालन

रुकुम । सिस्ने गाउँपालिका–८ धपेमा रहेको जामाखोला लघुजलविद्युत् आयोजना पुनःनिर्माण गरी सञ्चालन गरिएको छ । पहिरोले विद्युत् गृह बगाएर अवरुद्ध भएको दुई वर्षपछि विद्युत् पुनःनिर्माण गरी सञ्चालन गरिएको हो । शुरुमा २०७२…

thumbnail

मनाङमा पहिलोपटक ३३ केभीको प्रसारण लाइन

मनाङ । हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुगेको छ । यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रशारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यसपटक…

thumbnail

विकट गाउँ सल्यानमा केन्द्रिय विद्युत बल्यो

विपन्नलाई निशुल्क मीटर वितरण थम्मन थापा बागलुङ । बागलुङको विकट गाउँ सल्यानमा केन्द्रिय विद्युत पुगेपछि स्थानीय हर्षित भएका छन । बरेङ गाउँपालिका वडा नं ४ सल्यानमा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले…