
७८ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।…
पोखरा । पोखरामा कोरोना संक्रमणबाट २५ वर्षीया युवतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका १ निवासी २५ वर्षीया युवतीको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत युवतीको बिहीबार राति मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले बताए ।
युवतीको स्वास्थ्यमा समस्या देखिएपछि गरिएको कोभिड–१९ परीक्षणमा यही माघ ५ गते संक्रमण पुष्टि भएको डा। शर्माले बताए । युवतीमा मृगौलाको समस्यासहित अन्य दीर्घ रोगहरु समेत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३ पुगेको छ । रातोपाटीबाट साभार
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।…
काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ । नेपालमा ९ सय…
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रधानसेनपति थापाले सोमबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुगेर कोरोनाविरूद्धको पहिलो डोज खोप लगाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।…