मुख्य समाचार म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार समाज

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला आज

काठमाडौं । नेकपा ओली समूहका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला आज काठमाडौंमा हुँदैछ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान ११ बजेपछि हुने भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित ६ जना मन्त्रीहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

सो कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, उर्जामन्त्री टोपबहादुर रायमाझी, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, सञ्चारमन्त्री पार्वत गुरुङ र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा उपस्थित हुने आयोजकले जानकारी दिएको छ । दुई दिनअघि प्रचण्ड–माधव समूहले राष्ट्रिय भेलाको आयोजना गरिसकेका छन् । नागरिक खबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

७८ जना कोरोना संक्रमित थपिए , १ को मृत्यु

काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकका विभिन्न प्रयोगशालामा २ हजार ५ सय ३२ पीसीआर परीक्षण गरिएकोमा ७८ जनामा संक्रमण…

thumbnail

अविश्वास प्रस्तावबाट हटाएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिनुभएको छ । झापामा आइतबार आयोजित कार्यक्रममा बोल्नुभएका प्रधानमन्त्री ओलीले आफूलाई हटाउन प्रचण्ड-नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ…

thumbnail

पत्रकार महासंघ निर्वाचनमा चार संस्थाबीच सहकार्यको सहमति

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा पत्रकारहरुका चार संघसंस्थाले सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् । प्रगतिशील पत्रकार संघ, नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल र प्रेस नेपालबीच सहकार्यको सहमति…