मुख्य समाचार राष्ट्रिय समाचार समाज

भिजन लुम्बिनीको सञ्चालक समितिमा पुनः पोखरेल निर्वाचित

रुपन्देही । लुम्बिनीमा भिजन लुम्बिनी पब्लिक कम्पनी लिमिटेडको नयाँ संचालक समितिमा पुनः जगतबहादुर पोखरेललाई निर्वाचित गरेको छ । कम्पनीको बुटवलमा सम्पन्न साधारण सभाले संस्थापक अध्यक्ष पोखरेललाई नै पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

कम्पनीको सञ्चालकहरुमा ई।लेखनाथ पाण्डे, कुलबहादुर केसी, बाबुराम श्रेष्ठ, दिपक शर्मा, राधेश्याम यादव, केशवराज पन्थी, गोपाल बस्याल, गिरी प्रसाद गैरे, यम प्रसाद गैरे र रिजन बज्राचार्य चयन भएका छन् ।

छरिएर रहेको पुँजीलाई एकीकृत गरी सामुहिक लगानी र उच्चतम प्रतिफललाई आत्मसाथ गर्दै झण्डै एक हजार जनाको सहभागीतामा यो कम्पनी २०७३ सालमा स्थापना भएको हो । यसले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, अर्थ, संचार, उर्जा गरि ९ वटा क्षेत्रमा परियोजना सञ्चालन गर्ने उद्देश्य लिएको छ ।

यस अन्तर्गत २०७४ साल माघ १० गते भिजन लुम्बिनी टुर एण्ड ट्राभल्स, २०७५ आश्विन २६ गते भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड र २०७६ भाद्र २ गते भिजन लुम्बिनी यातायात कम्पनी स्थापना गरी सञ्चालन भइरहेको छ ।

टुर एण्ड ट्राभल्सले बुटवल तथा काठमाडौँबाट सेवा प्रवाह गरिरहेको छ भने यातायात कंपनीले मोफसलमै पहिलो पटक बुटवलबाट एसी जडित सुविधा सम्पन्न १० ओटा बस संचालन गरिरहेको छ ।त्यसैगरी उर्जा कम्पनीले गण्डकी प्रदेश अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाटको सेतीखोला जलविद्युत परियोजना निर्माण गरिरहेको अध्यक्ष पोखरेलले जानकारी दिए । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

पाटन अस्पताललाई ललितपुर महानगरको एक करोड सहयोग

ललितपुर । ललितपुर महानगरले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बीच पाटन अस्पताललाई ललितपुर महानगर पालिकाका मेयर चिरिबाबु महर्जनले चेक हस्तान्तरण गरेका…

thumbnail

धम्काउँदै रकम असुली गर्न खोजेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । धम्काउँदै रकम असुली गर्न खोजेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार दोलखा मेलुङ गाउँपालिका घरभई असन बस्ने १९ वर्षीय प्रदिप कार्की, दोलखा शैलुङ गाउँपालिका…

thumbnail

नेपालमा ३४८ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ९ सय ९२…

Write a Reply or Comment