अपराध आर्थिक राष्ट्रिय समाचार समाज सुरक्षा

यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरी पक्राउ

चितवन । यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मंगलबार राति ९ बजे पुलचोकबाट पक्राउ गरेको हो ।

कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार लोकश बहादुर घर्ती, जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत प्रहरी जवान पूर्णसिंह रेश्मीमगरलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई घुस दिएको अभियोगमा एक किराना व्यवसायीसँगै पाँच जनालाई पक्राउ गरिएको गुरुङले जानकारी दिए ।

उनीहरुको साथबाट घुसबापत लिएको रु दुई हजार १ सय ५० समेत बरामद गरिएको छ । उनले भने, “पक्राउ परेका तीन जना प्रहरीलाई निलम्बन गरी अनुसन्धानको प्रक्रिया सुरु गरिएको छ ।” गुरुङका अनुसार उनीहरुले पैसा सङ्कलनका लागि नारायणगढमा रहेको कालीगण्डकी किराना पसलका सञ्चालक राजेन्द्र पराजुलीलाई जिम्मा दिने गरेका थिए । उनलाई समेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

घुस दिने छाहारी यातायात व्यवसायी समितिका अरुण गुरुङ, नारायणी यातायात व्यवसायी समितिका एकनाथ ढुङ्गाना र दीपक खड्की रहेका छन् । यस्तै केरुङ यातायातका छिरिङ लामालाई प्रहरीलाई घुस दिएको अभियोगमा पक्राउ गरी पाँचैलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको उनले बताए । पार्किङ निषेध तथा रोक्न निषेध गरेको स्थानमा पार्किङ गरेबापत बस, अटो रिक्सा, म्याजिक भ्यानलगायतका सवारी चालकसँग रकम लिएको उनले बताए । नागरिक खबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

पर्सामा निषेधाज्ञा उल्लंघन गर्ने ५ जनाविरुद्ध मुद्दा

काठमाडौं । पर्साको वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्ने ५ जनालाई प्रहरीले पक्रेर मुद्दा चलाएको छ । पर्सा जिल्लामा जेठ ६ सम्म लागू हुनेगरी प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञा उल्लंघन…

thumbnail

सवारी ज्यान मुद्दामा फरार वडाध्यक्ष यादव पक्राउ

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन्। सवारी ज्यान मुद्दामा फरार रहेका उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक…

thumbnail

लागु औषधसहित १ जना पक्राउ

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–१४ बाट प्रहरीले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय राकेश श्रीनेत ठकुरी छन् । ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको…