खेलकुद
बेनी नगरपालिका
म्याग्दी न्युज विशेष
रघुगंगा गाउँपालिका
राष्ट्रिय
समाचार
राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई अवार्ड जिताउन ‘भोट गर्न अपिल’
सोमवार, पुष २० गते
| म्याग्दी न्युज संवाददाता
म्याग्दी । नेपाल खेलकुद पत्रकार मञ्चको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पर्नुभएकी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई बिजयी गराउन गृहजिल्ला म्याग्दीमा ‘भोट अपिल’ अभियान सुरु भएको छ । जिल्ला भलिबल संघ म्याग्दीको अगुवाईमा भोट अपिल अभियान सञ्चालन गरिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मिएर राष्ट्रिय महिला भलिबल टिमको अगुवाई गर्नुभएकी शाहीलाई अवार्ड बिजेता बनाउनका लागि भोट संकलन र अभियानलाई प्रचार प्रसारमा जुटेको संघले जनाएको छ ।
आइतवार बेनीमा पत्रकार सम्मेलन गरि संघले फेसबुक र ईसेवाबाट भोट गरि शाहिलाई बिजेता गराउनका लागि सक्रिय सहयोग गर्न अपिल गरेको छ । पत्रकार सम्मेलनमा कप्तान शाहीले आफ्नो खेल संघर्षमा जिल्ला र देशबासीबाट पाएको साथ, सहयोग र समर्थनले उत्साहित बनाएको बताउँदै यस पटकको अवार्डमा समेत मोवाईल एप ईसेवा र फेसबुकबाट भोट गरि बिजयी गराउने अपेक्षा व्यक्त गर्नुभयो । ‘‘ मेरो खेल क्षेत्रको सुरुवातीदेखि नै हाम जिल्लाबासीको मप्रतिको मायाँ र साथ नै मेरो यात्राको सबैभन्दा ठुलो शक्तिको रुपमा पाएकी छु , मलाई भरोसा छ, यस पटकको अवार्ड बिजेता गराउन पनि सबै क्षेत्रबाट उत्तिकै साथ र सहयोग पाउनेछु, यो ठाउँ र देशको शिर उचो राख्ने नै मेरो प्रतिज्ञा रहिरहनेछ’’– शाहीले भन्नुभयो ।
जिल्लामा जन्मिएर राष्ट्रिय रुपमा नै भलिबलमा पहिचान बनाउन सफल शाहीलाई अत्यधिक भोटबाट विजयी गराउन संघले भोट अपिल सञ्चालन गरेको जिल्ला भलिबल संघका अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । संघले गत पुस १६ गतेदेखि नै बेनीमा शाहीलाई अवार्ड बिजेता गराउन भोट संकलन अभियान सञ्चालन गरिसकेको छ । अभियान अन्र्तगत जिल्लाका विभिन्न संघ संस्था, विद्यालय र स्थानीय तहहरुसंग समेत भोटिङ अभियानमा साथ, सहयोग र सहकार्यको लागि पुग्नेक्रम जारी रहेको संघका उपाध्यक्ष एवम् भेलिबल प्रशिक्षक तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले शाही जिल्लाकै गौरब र गहना भएकाले उहाँलाई सक्दो भोट गरि बिजयी गराउन सबै क्षेत्रबाट रचनात्मक साथ र सहयोग गर्न आह्वान गर्नुभएको थियो । राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद ९साग० खेल्नुभएकी शाहीको कप्तानीमा नेपालले २० बर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधी हात पार्न सफल भएको थियो । शाहीले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गर्नुभएको थियो ।
मनोनयनमा परेका खेलाडीलाई ई–सेवामार्फत एसएमएम भोटिङ, फेसबुक लाइक, खेलकुद मञ्चका सदस्यको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा विजेता छनोट गरिनेछ। भोटिङका लागि ई–सेवाको एप डाउनलोड गरी खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिने मञ्चले जनाएको छ । भोटिङलाइन पुस २७ गते राति १२ः०० बजेसम्म खुला रहने छ।
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ। आफ्नो १९औँ साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई कारवाहीबाट मुक्त गरेको हो। अनुशासनको…
पोखरा । ‘टिम अफ दि इएर’ नेपाल भलिवल टिमकी कप्तान अरुणा शाहीलाई पोखरामा एक कार्यक्रमका विच भव्य सम्मान गरिएको छ ।नेपाल खेलकुद पत्रकार मञ्चद्वारा गत पौष २८ गते सम्पन्न एनएसजेएफ पल्सर स्पोर्टस…
ललितपुर । ललितपुर महानगरले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बीच पाटन अस्पताललाई ललितपुर महानगर पालिकाका मेयर चिरिबाबु महर्जनले चेक हस्तान्तरण गरेका…
काठमाडौँ । धम्काउँदै रकम असुली गर्न खोजेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार दोलखा मेलुङ गाउँपालिका घरभई असन बस्ने १९ वर्षीय प्रदिप कार्की, दोलखा शैलुङ गाउँपालिका…
काेराेना अपडेट
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राष्ट्रिय
काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ९ सय ९२…
काठमाडौं । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टर सविन भण्डारीमाथि आक्रमण भएको छ । कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले उनीमाथी हातपात गरेको शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर…