अपराध राष्ट्रिय समाचार समाज सुरक्षा स्वास्थ्य

३६ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित झापा दमकबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-२ का २१ वर्षीय कनैया गनगाईं र २० वर्षीय राजकुमार गनगाईं छन्।

बिहीबार साँझ इलाका प्रहरी कार्यालय दमकको टोलीले सेतुमारी रोडमा चेकजाँच गर्दा उनीहरूको साथबाट ३६ ग्राम ब्राउनसुगर बरामद गरेको हो। उनीहरू सवार को२१प १०३ नम्बरको मोटरसाइकल रोकेर तलासी लिँदा उनीहरूको साथबाट ब्राउनसुगर बरामद भएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।

ब्राउनसुगर भारतीय बजारहुँदै नेपाल तस्करी हुने गरेको छ। नेपालबाट अवैध रुपमा निकासी गरिने गाँजा, चरेस र अफिम प्रशोधन गरी भारतमा ब्राउनसुगर बन्ने गरेको छ। त्यही ब्राउनसुगर नेपाली बजारमा पुनस् ल्याएर महंगो मूल्यमा बिक्री गर्ने समूह सक्रिय छ।

पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक भट्टराईले बताए। यस्तै, बिहीबार अपराह्न नै झापा मेचीनगर-६ बाट मोरङ उर्लाबारी-२ का ३२ वर्षीय सुजन परियार पक्राउ परेका छन्। भारतबाट नेपाल आउँदै गरेका उनको शरीरबाट लागुऔषध लुपिजेसिक १० एम्पुल, फेनारागन १० एम्पुल र डाइजेपाम १० एम्पुल बरामद भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। सेतोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

साइबर ब्यूरोको नाम राखेर फेसबुक पेज खोल्ने पक्राउ

काठमाडौं । साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको अभियोगमा कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय…

thumbnail

एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने ३ पक्राउ

काठमाडौँ । एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-१६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका -१२ बखरीका २१…

thumbnail

रौतहटमा अवैध सालको काठ बरामद

रौतहट । रौतहटबाट वन सुरक्षा गस्ती टोलीले अवैध सालको काठ बरामद गरेको छ । गुजरा नगरपालिका ३ स्थित सिमरी गाउँ नजिकैको धन्सार खोलामा ना५ त ५२ ४५ नम्बरको ट्याक्टरमा सालको काठ लोड…