अन्नपुर्ण गाउँपालिकामा अस्थायी कोरोना अस्पताल,अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा उद्घाटन (तस्बिर सहित )

सुरेन गुरुङ
पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना संक्रमितको उपचारका लागि अस्थायी कोरोना अस्पताल बनाएको छ । गाउँपालिकाले वडा नं ४ स्थित नारच्याङमा सो अस्पताल बनाएको होे ।सो अस्पतालको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले बुधबार एक कार्याक्रमका विच उद्घाटन गर्नुभएको छ ।

‘विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम , नियन्त्रण तथा व्यवस्थापन र कोरोना संक्रमितको उपचारका लागि नारच्याङमा अस्थायी कोरोना अस्पताल बनाएका छौ ,’– अध्यक्ष क्याप्टेन गर्बुजाले भन्नुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी अस्पताल बनाउन गर्न १० लाख रुपैंया निकासा गरेको थियो । अस्पताल संचालनका लागि मेडिकल अफिसरसहित २ स्टाफ नर्स , कार्यालय सहयोगी सहित ५ जना जनशक्ती परिचालन हुनेछन् । कार्यक्रममा उपाध्यक्ष केशमाया मगरले कोभिड अस्पताल संचालनका लागि सबैको साथ र सहयोगको आवश्यक रहने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले गएको असोज महिनामै डाक्टरसहित दक्ष जनशक्तिको व्यवस्थापन गरी कोभिड अस्पताल स्थापना र सञ्चालन गर्ने तयारी गरिएको भए पनि जनशक्तिको अभावमा समयमै अस्पताल सञ्चालन गर्न नसकिएको बताउनुभयो । कार्यक्रममा कोरोना मुक्त भएका ४ जना मध्य २ जनालाई सम्मान गरिएको थियो । गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनको अध्यक्षता ,प्रमुख प्रशासकीय अधिकृत सुवेदीको स्वागत तथा गाउँपालिकाका स्वास्थ्य संयोजक समुन्द्र बरुवाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिकाका सभापति ले.बेलबहादुर पुर्जा ,वडा अध्यक्ष चन्द्रप्रसाद फगामी र कार्यपालिका सदस्य आत्म तुलाचन,डा.लक्ष्मी पन्थी लगायतले बोल्नुभएको थियो ।कार्यक्रममा पबित्रा खड्का ,सुकमाया बिक, शिर्जनशिल आमा समूह नारच्याङ, अन्नपूर्ण युथ कलब नारच्याङका प्रतिनिधि ,स्वयंसेवकहरु, आठ वटै वडाका जनप्रतिनिधि र स्वास्थ संयोजकहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार