आफन्तको सम्झनामा विपन्न विद्यार्थीलाई पोशाक सहयोग

बेनी । यहाँका एक व्यक्तीले स्वर्गिय आमा, बुबा र छोरीको सम्झनामा विद्यालयका विपन्न विद्यार्थीलाई पोशाक सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–२,ज्यामरुकोट घर भई हाल काठमाडौं बस्दै आउनुभएका कृषी बैज्ञानिक डा.टिका बहादुर कार्कीले स्वर्गिय आमा देउकुमारी ,बुबा मोतिलाल र छोरी अन्जना कार्कीको सम्झनामा सोही वडाको बगरफाँट स्थित सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई पोषाक सहयोग गर्नुभएको हो । सोमबार एक कार्यक्रमका विच डा.कार्कीले विद्यालयका प्रअ छेम  प्रसाद गर्बुजा पुन र शिक्षिका घनदेबी घर्ति पुन लगायत शिक्षिकाहरु मार्फत विद्यार्थीहरुलाई जाडोमा लगाउने स्वीटर र पोषाक वितरण गर्नुभएको हो ।

तस्बिर : विद्यालय व्यवस्थापन समितिका सल्लाहकार क्याप्टेन मिनबहादुर कार्कीको फेसबुकबाट ।
तस्बिर : विद्यालय व्यवस्थापन समितिका सल्लाहकार क्याप्टेन मिनबहादुर कार्कीको फेसबुकबाट ।

डा. कार्कीले विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीलाई ५२ हजार  ५ सय रुपैयाँ बराबरको पोशाक वितरण गर्नुभएको विद्यालयकी शिक्षिका घनदेबी घर्ती पुनले जानकारी दिनुभयो । डा.कार्कीले विद्यालयमा इन्टरनेट जडान गर्ने र विद्यालय सञ्चालन गर्न आवश्यक आर्थिक संकलनका लागि सहयोग गर्ने बताउनुभयो । विद्यालयमा अनाथ ,असहाय र मजदुरका बालबालिका अध्ययनरत छन् । अनाथ बालबालिकाको पठनपाठनमा आर्थिक समस्या हुने गरेको शिक्षिका घर्ती पुनले बताउनुभयो । आधारभुत तह (१–६) सम्म पढाई हुँदै अाएकाे  छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार