कुमारी बहुउद्धेश्यीय सहकारीको १२ औं साधारणसभा

बेनी । म्याग्दी सरदरमुकाम बेनीमा सञ्चालित कुमारी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार बेनीमा भर्चुअल माध्यमबाट सहकारीको १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सहकारीका सचिव याम बहादुर रोका मगरले संस्थागत बार्षिक प्रतिवेदन ,लेखा संयोजक गेमबहादुर घर्ती मगरले आन्तरिक लेखा परिक्षण प्रतिवेदन र प्रवन्धक रुद्धबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सात सय बढी शेयर सदस्य संख्या रहेको सहकारीको शेयर पुँजी ५ करोड साठी लाख रुपैयाँ रहेको प्रवन्धक गुरुङले बताउनुभयो ।उहाँले कोरोना कारण भर्चुअल माध्यमबाट सहकारीको वार्षिक साधारणसभा समापन भएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कारण सहकारी क्षेत्र प्रभावित हुन पुगेको बताए ।सहकारीका अध्यक्ष सुवेदार थमबहादुर गर्बुृजाको अध्यक्षता ,उपाध्यक्ष राजकुमार थापाको स्वागत र सचिव रोका मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार