जन्मदिनमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग

यहाँका एक बालकले जन्मदिनको अवसरमा आर्थिक रुपमा विपन्न तथा गरिब र न्युन आय भएका व्यक्तिहरुको उपचारमा आर्थिक सहयोग अभियान सञ्चालन गरेर जीवन बचाउँदै आएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको गरिब उपचार कोषलाइ आर्थिक सहयोग गर्नुभएको छ ।

????????????????????????????????????

म्याग्दी बेनी नगरपालिका–४,सिङ्गाका सुलभ पुनले जन्मदिनको अवसरमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषको गरिब उपचार कोषलाई बुधबार बेनीमा एक कार्यक्रमका विच पुनले एघार हजार एक सय रुपैयाँ सहयोग गर्नुभएको हो । सो रकम पुनले कोषका अध्यक्ष राजेश शाक्य र जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक किरणजङ्ग कुँवरको उपस्थितीमा कोषाध्यक्ष विनय श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । पुनले खाजा खर्च बापतको रकम जम्मा गरेर र चावपर्वमा आफन्तले दिएको रकमबाट गरिव विरामी उपचारका लागि सहयोग गर्नुभएको हो ।

सहयोग संगै पुन मगरलाई शान्ति कोषको आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको कोषका सचिव तथा उहाँका बुबा लोकेश पुन मगरले बताउनुभयो । बेनी नगरपालिका–४, सिङ्गा थामडाँडाकी हाईपोप्लाष्टिक एनिमिया रोगबाट पीडित ओमकुमारी पुन शान्तिको उपचारका लागि स्थापना भएको तत्कालीन शान्ति बचाउ अभियान उनको निधनपश्चात् ओमकुमारी शान्ति कोषको रुपमा रुपान्तरण भएको हो ।

????????????????????????????????????

यसैगरी ,सोही अवसरमा जिल्ला प्रहरी कार्यालय , म्याग्दीबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, काठमाडौमा सरुवा हुनु भएका प्रनाउ कुँवरलाई शान्ति कोषले विदाई गरेको छ । प्रनाउ कुँवरलाई कोषका अध्यक्ष शाक्यले सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार