झापाको दमकस्थित भुटानी शरणार्थी क्याम्पमा आगलागी हुँदा एकको मृत्यु

झापा । झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । दमक–३ स्थित शिविरमा आगलागी हुँदा ६० वर्षीय देशमान राईको जलेर मृत्यु भएको हो ।

राई प्यारालाइसिसका बिरामी थिए । उनी बाँसले बारेको एक तले घरमा सुतिरहेका थिए ।

उनको घरमा सोमबार बेलुका करिब साढे ७ बजे एक्कासी आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । दमक नगरपालिकाको दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी आगो निभाएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीबाट तीन लाख रुपैयाँ बराबरको सुनचाँदी, आठ लाख रुपैयाँ बराबरको खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार