ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चुनाव चिन्हमा कसैले दावी गर्न नमिल्ने बताएका छन् । राजधानीमा आफूपक्षीय भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो ।’ उनले प्रचण्ड र माधव नेपाललाई फोहोरको संज्ञा दिँदै फोहोरलाई नदीको छालले किनारमा फ्यालेको टिप्पणी गरे ।

‘त्रिशूली नदीमा फोहोर परेको देख्नु भयो भने छालले त्यसलाई किनारमा फ्याक्छ। नेपालको कम्युनिष्ट आन्दोलनले त्यसैगरी फोहोरलाई फ्याक्छ,’ उनले भने ।उनले कम्युनिस्ट आन्दोलनलाई तलमाथि हुन नदिने भन्दै उचाइमा लगिछाड्ने उद्घोष समेत गरे ।ratopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार