नेपालमा कोरोना विरुद्धको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टरले लगाउने भएका छन् । बुधबार बिहान १० बजे सुरु हुने खोप अभियान अन्तर्गत सो अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका हुन् । खोप अभियानअन्तर्गत आफूले पहिलो खोप लगाउने डा. राजभण्डारीले जानकारी दिए ।

डा। राजभण्डारीले भने, ‘खोपले कुनै असर पो गर्छ कि भन्ने डर अहिले सामान्य नागरिकसँगै कतिपय स्वास्थ्यकर्मीहरूमा पनि छ, यस्तो बेलामा यो खोप सुरक्षित छ भन्ने सन्देश दिनु आवश्यक छ, त्यसैले मैलै पहिलो खोप लगाउने निर्णय गरेको हु, मसँगै हाम्रो अस्पतालका प्रवक्ता अनुप बाँस्तोलाले पनि खोप लगाउनुहुन्छ, कोरोनाविरुद्ध सुरुवातदेखि अग्रपङ्क्तिमा रहेका मानिसले खोप लगाउँदा अरूलाई पनि खोपप्रतिको डर हराउँछ भन्ने लागेको छ ।’

बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका तीन वटा अस्पतालमा भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । बुधबारदेखि सुरु हुने खोप अभियानका लागि सातै प्रदेशमा खोप पुर्‍र्याइसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ । भारतबाट अनुदानमा प्राप्त १० लाख डोज खोप सुरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स तथा शववाहन चालक लगायतलाई दिने जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार