नेपालमा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि , ४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४८३ जना डिस्चार्ज भएका छन् भने चार जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । जसमध्ये २ लाख ५६ हजार ६४४ जना डिस्चार्ज भएका छन् भने १९ सय ३ जनाको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार अहिले ५ हजार ५८ जना आइसोलेसनमा रहेका छन् भने ३४२ जना क्वारेन्टिनमा छन् । नेपालमा अहिलेसम्म १९ लाख ६९ हजार २९२ जनाको पीसीआर परीक्षण भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार