नेपालमा ३२२ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ६ सय ४४ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ सय ७४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ८ सय १८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ३ हजार ९ सय १९ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख १६ हजार ७ सय ५८ परीक्षणहरु गरिएका छन् ।हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ सय २१ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय जना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार