नेपाल विद्यार्थी संघ धवलागिरी मावि इकाई अध्यक्षमा केसी

बेनी ।नेपाली कांग्रेसको भातृ  संगठन नेपाल विद्यार्थी संघ धवलागिरी मावि इकाई अध्यक्षमा सुजन केसी चयन हुनुभएको छ । जिल्लाको बेनी नगरपालिका–४ स्थित धवलागिरी माविमा शुक्रबार केसीको अध्यक्षतामा ४० सदस्यीय इकाई समिति गठन गरिएको हो । समितिको उपाध्यक्ष अनुराग थापा मगर,सचीव शिव शर्मा ,कोषाध्यक्ष सुनिता किसान ,सहसचिव विकास केसी र सह–कोषाध्यक्षमा सुरेन किसान चयन हुनुभएको छ ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ म्याग्दीका सचिव तथा बेनी नगरबपालिका संयोजक विशाल खत्रीले नयाँ कार्यसमितिलाई बधाई दिनुभयो । उहाँले नेपाल विद्यार्थी संघले विद्यार्थीहरुको हकहितका लागि काम गर्ने बताउनुभयो । उहाँले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने र सामाजिक कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थी संघ म्याग्दीले नगरपालिका भित्रका विद्यालयमा संगठन विस्तारलाई तिब्रता दिने सचिव खत्रीको भनाई छ ।

जोड दिनुभयो । इकाई अध्यक्ष केसीले विद्यालयमा विद्यार्थीहरुलाई लक्षित विभिन्न कार्यक्रम संचालन गरिने बताउनुभयो । जिल्ला सह–सचिव आशिक भण्डारीले संचालन गर्नुभएको कार्यक्रममा जिल्ला कोषाध्यक्ष तथा बेनी नगरपालिकाका सह–संयोजक सनम चोखाल ,सह–कोषाध्यक्ष सिजन शाही र जिल्ला सदस्य विन्दु खत्री लगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार