पाँच दिनदेखी विद्युत सेवा अवरुद्ध हुँदा करिब चार सय घरधुरी अन्धकारमा ,सुचारु हुन अझै केही समय लाग्ने

बेनी ।म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोटमा विद्युत सेवा बन्द भएको छ । च्युरिबोट स्थित दाजुङ खोला लघुजलविद्युत परियोजनाको विद्युत गृहको जेनेरेटर विग्रिएपछि सोमबारदेखी विद्युत आपुर्ति बन्द भएको हो । विद्युत गृहको जेनेरेटर विग्रिएपछि विद्युत उत्पादन बन्द भएको दाजुङ खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन समितिका अध्यक्ष नन्द बहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार मर्मत गर्न जेनेरेटर पुरानो भएको र आर्थिक समस्याका कारण विद्युत सेवा सुचारु हुन अझै केही समय लाग्ने छ । असारदेखी यता ६ पटक जेनेरेटर मर्मत गरिएको अध्यक्ष घर्ति मगरले बताउनुभयो । ‘असारदेखी यता ६ पटक जेनेरेटर मर्मत गरिसक्यौं,’अध्यक्ष घर्ति मगरले भन्नुभयो ,‘जेनेरेटर पुर्ण रुपमा विग्रिएको र नयाँ जेनेरेटर खरिद गर्न पैसा अभाव भएको छ । ’


विद्युत सेवा अवरुद्ध हुँदा करिब चार सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । भने टिभी, कम्प्युटर मोवाइल लगायत विद्युतीय सँचार सामाग्री अवद्ध भएका छन् ।

२०५७ सालदेखी उत्पादन सुरु भएको ३० किलोवाट क्षमताको जलविद्युत परियोजनाबाट वडा नं ३को खतेन सहित ओखरबोट ,च्युरिबोट ,महभिर र छाप गरेर तीन सय ९३ घरधुरीले सेवा लिँदै आएका छन् । सो लघुजलविद्युत परियोजनाबाट ५५ घरधुरीले खेतीका लागि सिचाई गर्दै आएका छन् भने एक पानीमिल संचालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार