बालमन्दिर आधारभुत विद्यालयको नवनिर्मित भवनको उद्घाटन तथा व्यवस्थापन समिति पुर्नगठन (तस्बिर सहित )

बेनी । म्याग्दीको बेनी नगरपालिका –८,कालिपुल स्थित बाल मन्दिर आधारभुत विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा विद्यालय व्यवस्थापन समिति एवं शिक्षक अभिभावक संघ पुर्नगठन गरिएको छ । राष्ट्रिय पुन निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा ,नगपालिका र विद्यालयको आन्तरिक श्रोतबाट निर्माण भएको चार वटा सटरसहितको बहुद्धेश्यीय भवनको आइतबार एक कार्यक्रमका विच नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ ,वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराईली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर महतले उद्घाटन गर्नुभएको हो ।

????????????????????????????????????

कार्यक्रमको उद्घाटन गर्नुहुँदै विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष समेत रहनुभएका नगरपालिकाका मेयर श्रेष्ठले भौतिक पुर्वाधार निर्माणले विद्यालयको पठनपाठन तथा अध्यापनमा थप सहज हुनुका साथै शैक्षिक क्रियाकलापमा समेत सहज हुने बताउनुभयो । उहाँले सामुदायीक विद्यालय सञ्चालन गर्न भौतिक पुर्वाधार र दरबन्दी अभाव मुख्य चुनौती भएको बताउनुभयो । विभिन्न चुनौती भएपनि बालमन्दीर आधारभुत विद्यालय नगरपालिका भित्रका उत्कृष्ट सामुदायीक विद्यालयको सुचिमा पर्ने बताउनुभयो ।

????????????????????????????????????

नगरपालिका भित्र रहेका सबै सामुदायीक विद्यालयको भौतिक संरचना ,विद्यार्थी संख्या र जनशक्ती बारेमा विवरण संकलन गरी आवश्यकताको आधारमा दरबन्दी मिलान गर्ने समेत बताउनुभयो । मेयर श्रेष्ठले स्थानीय तहलाई कक्षा १२ सम्म संचालनको जिम्मा भएपनि साझा अधिकार हुँदा समस्या भएको बताउनुभयो । ‘स्थानीय तहलाई शिक्षामा कक्षा १२ सम्मको जिम्मा दिइएको छ ,एकल अधिकार भनेर दिइएको भएपनि साझा अधिकार हुँदा विद्यालयमा आवश्यकता अनुसार शिक्षक मिलान समेतको अधिकार छ्रैन् ’,–मेयर श्रेष्ठले भन्नुभयो । उहाँले प्रस्तावित विद्यालयमा आवश्यकताको आधारमा दरबन्दी थप गर्ने समेत उद्घोष गर्नुभयो ।विद्यालयले मात्र नभई अभिभावकले पनि बालबालिकाको पढाईमा जोड दिनुपर्ने बताउनुभयो ।

????????????????????????????????????

कार्यक्रममा बेनी नगरपालिका–८का वडा सदस्य हिराबहादुर पुन ,परोपकारी संस्था ओमकुमारी शान्ती कोषका अध्यक्ष राजेश शाक्य,विद्यालयका चन्दादाता सुरेन्द्रराज शर्मा ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महत र बेनी नगरपालिका शिक्षा अधिकृत अर्जुन पौडेलले सामुदायीक विद्यालयको गुणस्तमा सुधार हुँदै गएको बताउनुभयो । उहाँहरुले आफ्ना बालबालिकालाई सामुदायीक विद्यालयमा भर्ना गर्न समेत आह्वान गर्नुभयो ।

????????????????????????????????????

आर्थिक बर्ष २०७५÷०७६ मा राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाको २२ लाख ५५ हजार ३६८ अनुदान र विद्यालयको आन्तरिक श्रोतबाट १ लाख ३० हजार २७० गरी २४ लाख २९ हजार ६५७ रुपैयाँ लागतमा दुई कोठे भवन निर्माण भएको विद्यालयका प्रअ सुरेन्द्रप्रसाद केसीले जानकारी दिनुभयो । उहाँका अनुसार, यसैगरी नगरपालिकाको शिक्षा शाखाको १५ लाख ६८ हजार ४६२ अनुदान र विद्यालयको आन्तरिक श्रोतबाट ३० हजार गरी १६ लाख ०८ हजार ४६२ रुपैयाँ लागतमा दुई कोठे तथा विद्यालयको आन्तरिक श्रोतबाट २४ लाख २९ हजार ७३५ रुपैयाँ लागतमा चार वटा सटरसहितको बहुद्धेश्यीय भवन निर्माण गरिएको छ । कक्षा आठ सम्म पठनपाठन हुने विद्यालयमा दुई सय ७ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा चार सम्म अंग्रेजी माध्यमबाट पढाई हुने प्रअ केसीले जानकारी दिनुभयो ।

????????????????????????????????????

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महतको अध्यक्षता ,विद्यालय व्यवस्थापन समिति सल्लाहकार मनबहादुर चर्मकारको स्वागत तथा प्रअ केसीले कार्यक्रम संचालन गर्नुृभएको थियो । विद्यालय व्यवस्थापन समितिका लागि नेत्रबहादुर महत,खिमबहादुर परियार,लक्ष्मी विक र टिका मिजार निर्वाचित भएका छन् ।

विद्यालय व्यवस्थापन समिति चयनका लागि अभिभावकहरु मध्येबाट चार जना निर्वाचित सदस्यहरु निर्वाचित भएका प्रअ केसीले बताउनुभयो । बैठकबाट व्यवस्थापन समितिमा पदाधिकारी चयन हुनेछन् । शिक्षक अभिभावक संघको अध्यक्षमा दिलमाया थापा ,सदस्यमा नरदेबी रसाईली ,कान्छिमाया तामाङ ,धनकुमारी किसान ,कुसुम विक ,इन्द्रेनी पुन ,राजकुमार विक र गौरिदेबी रिजाल चयन हुनुभएको छ ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार