मंगला क्याम्पसको नयाँ सञ्चालक समिति गठन,अध्यक्षमा थापा

बेनी । बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभाबाट यामबहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको छ ।समितिको सदस्यहरुमा बिनोद भट्टचन, प्रेमलाल पौडेल, रुद्र केसी, शेरबहादुर केसी, टंक बुढाथोकी, यसोदा रोका, देवी खत्री, कलदेवी घर्ति, मिना भण्डारी र बिन्दु मल्ल चयन हुनुभएको छ ।

नयाँ कार्यसमितिको पहिलो बैठकले दुई जना सदस्य मनोनित गर्ने जनाएको छ । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा समुदाय स्तरबाट मंगला शिक्षा क्याम्पस सञ्चालन हुँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार