महाराजगञ्जबाट प्रतिबन्धित जडिबुटीसहित एकजना पक्राउ

काठमाडौं । प्रतिबन्धित जडिबुटी पाँचऔंलेसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले सात किलो पाँचऔंलेसहित महाराजगञ्जबाट ओखलढुंगा सिद्धिचरण नगरपालिका-२ का ३१ वर्षीय सागर दाहाललाई पक्राउ गरेको हो।

ब्युरोको प्रहरी टोलीले प्रतिबन्धित वन पैदावर जडिबुटी अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा दाहाललाई बुधबार पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

पक्राउ परेका दाहाललाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय, काठमाडौंमा पठाइएको पन्तले बताइन्।उक्त जडिबुटी अनुमतिबेगर ओसारपसार र बिक्री वितरण नेपालमा गैरकानुनी मानिन्छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार