मोरङमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

मोरङ । जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० सुकुना सामुदायिक वनमा जंगली हात्तीले हात्तीले आक्रमण गर्दा स्थानीय ३२ वर्षीया सीता पराजुलीको मृत्यु भएको हो ।

जंगलमा घाँस दाउरा गर्न गएकी पराजुलीलाई मंगलबार बिहान सवा १० जंगली हात्तीले आक्रमण गरी घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको थियो । घाइतेलाई उपचारको लागि कोसी अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार