म्याग्दी सहकारीद्धारा सपना रोका मगरलाई सम्मान (तस्बिर सहित)

बेनी । म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा शुभराम्भ भएको छ । काठमाडौंको गोंगबुमा रहेको सो सहकारीले मंगलबार एक कार्यक्रमका विच १३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन सहकारीका बरिष्ठ सल्लाहकार डा. ज्योती शेरचले गर्नुभयो । सहकारीले साधारणसभाको अवसरमा बिबिसीले छनौट गरेको विश्वका १०० उत्कृष्ट महिलाको सुचिमा पर्न सफल समाजसेवी तथा सामाजिक अभियान्ता सपना रोका मगरलाई सम्मान गरेको छ ।

सपनाले सम्मान प्रति सहकारीलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विगतमा आफ्नो संघर्ष असामान्य र निकै चुनौतीपुर्ण रहेको स्मरण समेत गर्नुृभयो । अझ अन्य परिणाममुखी काम गर्न बाँकी रहेको बताउनुहुँदै सपनाले आगामी आफ्नो अभियान र काममा सहयोग गर्न सबैलाई अपिल समेत गर्नुभयो । बरिष्ठ सल्लाहकार डा. शेरचनले सहकारीलाई व्यवसायीक रुपमा विकसित गरि कार्ययोजना अनुसार संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले सपना रोका मगरले पाएको सफलताले म्याग्दीलीहरु गौरवान्वित भएको बताउनुहुँदै सपनालाई आफुले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा म्याग्दी सहकारीबाट प्रकाशित विभिन्न किसिमका जानकारी मुलक अन्य सामाग्रीहरु समेत प्रदान गरिएको थियो ।

राष्ट्रिय सहकारी महासंघका पूर्व संचालक तथा संस्थाका कानुनी सल्लाहकार डिल्लीराम तिवारीले सहकारी ऐन तथा नियमावलीको पालना गर्नु सबैको कर्तव्य हुने भएकोले संस्थालाई सफल बनाउन सबै सदस्यहरुले आफनो जिम्मेवारीलाई पुरा गर्नु पर्ने तर्फ सचेत गराउँदै अन्य सहकारी संस्थाको तुलनामा यस सहकारीका पदाधिकारी तथा सदस्यहरु बढि सक्रिय र जिम्मेवार भएको बताउनुभयो । कार्यक्रममा बचत तथा कर्जामा असल तथा उत्कृष्ट कारोवार गर्नु हुने इन्द्रमाया महर्जन, चन्द्रशेखर शर्मा, ढकबहादुर छन्त्याल, शम्भु तामाङ, घनश्याम उपाध्याय र दिलमाया भण्डारीलाई कदर पत्र प्रदान गरिएको थियो भने नयाँ शेयर सदस्य मुदी,चेचुङका तिलकुमारी घर्तिलाई शेयर प्रमाण पत्र प्रदान गरियो ।

संस्थाकी अध्यक्ष थदेवी पुनको अध्यक्षता, सचिव तथा प्रबन्ध संचालक दिपबहादुर छन्त्यालबाट संचालित सो कार्यक्रमको स्वागत सहकोषाध्यक्ष छकप्रसाद शेरचनले गर्नु भएको थियो । साधारणसभामा संचालक समितिको प्रतिवेदन प्रबन्धक विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नु भएको थियो भने लेखा समितिको वार्षिक प्रतिवेदन समितिका संयोजक चित्रबहादुर पुनले पेश गर्नु भएको थियो । १ हजार ६८० शेयर सदस्य र ७ करोड ५२ लाख कुल पुँजी रहेको यस संस्थाले आर्थिक वर्ष २०७६र७७ मा ४५ करोड ३८ लाख बचत र ४१ करोड ७५ लाख कर्जा लगानी गरेकोे जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार