रुखबाट खसेर घाइते भएकी महिलाको हेलिकप्टरबाट उद्धार

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा घाँस काट्ने क्रममा आइतबार एक महिला रुखबाट लडेर घाइते हुनुभएको छ ।

मुनाकी ४० वर्षीया मनमाया शेरपुजा रुखबाट खसेर घाइते हुनुभएको हो । शेरपुजालाई प्रभु एयरको हेलिकप्टरबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको छ । अचेत अवस्थाकी शेरपुजाको अस्पतालमा पु¥याए लगत्तै उपचार सुरु भएको छ ।

शरिरमा बाहिरी चोट भने देखिएको छैन् । परिवारका सदस्यको आग्रहमा हाल काठमाडौमा रहनुभएका गुर्जाका दिपबहादुर छन्त्यालले समन्वय गरेर हेलिकप्टरको ब्यवस्थापन गर्नुभएको थियो । खर्च भने शेरपुजा परिवार आफैले ब्यहोरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार