लेनदेन मुद्दाका फरार एक प्रतिवादी पक्राउ

बुटवल । दुई वर्ष अघिदेखि लेनदेन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । २०७५ फागुन ७ गते दाङ देउखुरी जिल्ला अदालतले लेनदेन मुद्दामा १४ लाख ८० हजार रुपैयाँ जरिवाना सजायको फैसला सुनाईएका तुल्सीपुर नगरपालिका वडा नम्वर ६ बस्ने ४५ वर्षीय राजेन्द्र केसीलाई पक्राउ गरि पुस ७ गते अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

त्यहाँका जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकृत प्रहरी निरीक्षक मोहन जङबुङ थापाका अनुसार निजलाई पुस ६ गते मालपोत कार्यालयको बाटोमा हिँडिरहेको अवस्थामा निजलाई पक्राउ गरिएको हो । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार