वडा अध्यक्ष तिलिजाको सम्झनामा गाउँपालिकाको श्रद्धाञ्जली सभा

सुरेन गुरुङ
पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले वडा नम्बर ५ का वडा अध्यक्ष दिनेशकुमार तिलिजाको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । गाउँपालिकाले मंगलबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । वडा अध्यक्ष तिलिजाको पुस १७ मा पोखराको फुलबारी स्थित आफ्नै निवासमा निधन भएको थियो । तिलिजा लामो समयसदेखी प्यारालाइसिस रोगबाट पीडित हुनुहुन्थ्यो ।

गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले वडा अध्यक्ष तिलिजाको निधनले वडा र गाउँपालिकालाई ठुलो क्षति भएको बताउनुभयो । अध्यक्ष क्याप्टेन गर्बुजा पुनले भन्नुभयो,‘पार्टी ,समाज र गाउँपालिकाले इमान्दार, निष्ठावान व्यक्ती गुमाएको छ ।’ कार्यक्रममा उपाध्यक्ष केशमाया मगर ,प्रमुख प्रशाकीय अधिकृत सहित अन्य गाउँ कार्यपालिकाका सदस्हरुको समेत उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार