अन्तराष्ट्रिय काेराेना अपडेट समाचार सुरक्षा स्वास्थ्य

कोरोना संक्रमणका कारण क्यालिफोर्नियामा ५० हजार भन्दा बढीको मृत्यु

एजेन्सी । कोभिड १९ को सङ्क्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा मात्र ५० हजार जनाभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ । कोभिड १९ महामारीका कारण क्यालिफोर्नियाका ५० हजार ९९१ जना नागरिकको ज्यान गएको अधिकारीहरुले जानकारी दिएको समाचारमा जनाइएको छ ।

यहाँका अधिकारीहरुका अनुसार यो संख्या कोभिड महामारीबाट अमेरिकामा भएको निधनको दश भागको एक भाग रहेको छ । अमेरिकामा पछिल्लो समयमा कोभिड १९ को महामारी केही कमी भएका पनि यो सङ्क्रमणको खतरा भने टरेका छैन । तर क्यालिफोर्नियामा भने यो महामारीको प्रकोप झन् बढ्दो अवस्थामा रहेको पनि बताइएको छ । क्यालिफोर्नियाका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टामा मात्र अमेरिकाको यो राज्यमा कम्तीमा पनि १ हजार ११४ जना नागरिकको ज्यान गएको बताइएको छ ।

त्यसैगरी यहाँका करिब ३४ लाख नागरिकमा यो सङ्क्रमणको प्रकोप रहेको पनि बताइएको छ । बताइएअनुसार अमेरिकामा पछिल्लो तथ्याँकमा जनाइएअनुसार यहाँका कम्तीमा पनि पाँच लाख नागरिकको ज्यान गएको बताइएको छ । अमेरिकी राज्यहरुमा कोभिडका कारण ज्यान जाने राज्यमा क्यालिफोर्नियामा सबैभन्दा धेरै नागरिकको मृत्यु भएको पनि सो तथ्यमा जनाइएको छ ।

यहाँ गएको दश महिना यता २५ हजार जनाको ज्यान गएको थियो भने पछिल्ला दुई महिनामा यसको दोब्बर मानिसको ज्यान गएको छ । यसरी गएको दुई महिना यता नै क्यालिफोर्नियाका नागरिकका लागि सबैभन्दा कष्टकर अवस्था रहेको पनि अमेरिकी सरकारले जनाएको छ । –सिन्ह्वा

सम्बन्धित समाचार

thumbnail

ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो

एजेन्सी । ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणका कारण तीन हजार ८२९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ४० हजार ७७६ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले…

thumbnail

टेक्सासमा एक नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ । टेक्सासको अस्टिनमा बस्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ । अस्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसीय…

thumbnail

ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ४ हजारभन्दा बढीको मृत्यु

एजेन्सी । ब्राजिलमा गत २४ घण्टामा कोभिड– १९ को संक्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएका यो…