धवलागिरी गाउँपालिका मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष राष्ट्रिय समाज

नक्कली बुबा बनेर नाबालक परिचयपत्र बनाउन खोज्ने पक्राउ

बेनी । झुटा बिवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्ने म्याग्दीका एक व्यक्ति आइतबार पक्राउ परेका छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरी गाउँपालिका–३ का ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

जापानमा बस्दै आएका दिपक भण्डारीकी १५ वर्षीया छोरी दिवा भण्डारीको नाबालक परिचयपत्र बनाउन आफ्नो छोरी भएको नक्कली कागजात पेश गरेका रेशमबहादुरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्याम कुमार राईले जानकारी दिनुभयो । ७ गते रेशमबहादुरले पेश गरेका कागजात शंकास्पद भेटिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीको निर्देशनमा छानबिनका लागि नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । रेशमले दिवाको नावालक परिचयपत्र बनाउन शुक्रबार प्रशासनमा कागजात पेश गरेका थिए ।

झुटा बिवरण पेश गरेर लिखत सम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ परेका रेशमबहादुर माथि थप छानबिन गर्न अदालतबाट म्याद थप गर्न अनुमति मागिएको प्रनाउ राईले जानकारी दिनुभयो । प्रारम्भिक बयानका क्रममा रेशमबहादुरले दिवालाई बिदेश (जापान) पठाउनका लागि नाबालक परिचयपत्र बनाउन लागेको बताएका छन् । १६ वर्ष भन्दा कम उमेरका व्यक्ति बिदेश जानका लागि नावालक परिचयपत्र बनाउनुपर्छ । रेशमले पेश गरेका कागजात शंकास्पद देखिएपछि अनुसन्धानका लागि प्रहरीलाई जिम्मा दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

thumbnail

जिसस म्याग्दीको पाँचौ जिल्ला सभा ,पालिका र वडा थप्ने निर्णय (तस्बिर सहित)

म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभा सम्पन्न भएको छ । शुक्रबार बेनीमा सम्पन्न जिल्ला सभाले गत आर्थिक बर्षमा भएका गतिबिधि समेटिएको प्रगति प्रतिवेदन, चालु आर्थिक वर्षको बजेट स्विकृत गर्नुका…

thumbnail

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध म्याग्दी कांग्रेसको बृहत विरोध प्रदर्शन (फोटो फिचर )

बेनी ।प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधाकि कदम विरुद्धमा नेपाली कांग्रेस म्याग्दीले बृहत विरोध प्रदर्शन गरेको छ । संबिधानको मुल्य ,मर्म र भावना बिपरित आफ्नै बहुमत भएको प्रतिनिधिसभा बिघटन गर्नुभएका प्रधानमन्त्री शर्मा ओलीका…

thumbnail

म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी इकाई अध्यक्षमा थापा चयन

ताकम। म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको धवलागिरी इकाई समितिको दोस्रो अधिवेशनबाट तेजेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । ताकममा सोमबार सम्पन्न अधिवेशनबाट इकाईको उपाध्यक्षमा नरेश पौडेल, सचिवमा मदन मल्ल, कोषाध्यक्षमा…