खेलकुद मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार

मुख्यमन्त्री भलिबल कप : महिला तर्फको उपाधी म्याग्दीलाई

कास्की । मुख्यमन्त्री प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी म्याग्दीले जितेको छ । म्याग्दीले कास्कीको पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा पर्वत माथि सोझो सेटको जित हात पार्दै सो उपाधी जित्न सफल भएको हो ।म्याग्दीले पहिलो सेट २५–१४, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१७ ले आफ्नो आफ्नो पक्षमा पार्‍यो ।

प्रतियोगिताको विजेता बनेको म्याग्दीले २ लाख प्राप्त गर्दा उपविजेता बनेको पर्वतले १ लाखमा चित्त बुझायो ।तेस्रो बनेको तनहुँले ५० हजार प्राप्त गरेको छ ।कास्की जिल्ला भलिबल संघको आयोजनामा फागुन ४ देखी सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका ९ जिल्लाको सहभागिता थियो । प्रतियोगिताको महिलातर्फ म्याग्दीका अरुणा शाही सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । म्याग्दीलाई प्रतियोगिताको उपाधि दिलाउन अरुणाले उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो।

महिलातर्फ तनहुँकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, पर्वतकी हिरा केसी उत्कृष्ट ब्लकर, म्याग्दीकी कमला पुन उत्कृष्ट सर्भर, तनहुँकी बबिसरा राना उत्कृष्ट सेटर, कास्कीकी अंशु थापा उत्कृष्ट लिब्रो र म्याग्दीका तेजेन्द्र बानियाँ क्षेत्री उत्कृष्ट प्रशिक्षक घोषित हुनुभएको छ ।

 

 

सम्बन्धित समाचार

thumbnail

मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल बिजेता टिमलाई गृह जिल्ला म्याग्दीमा भव्य सम्मान ( भिडिओ/फोटो फिचर )

म्याग्दी । कास्कीको पोखरा रंगशालामा सम्पन्न मुख्यमन्त्री कप प्रदेश स्तरिय महिला भलिबल प्रतियोगितामा विजेता बनेको म्याग्दी महिला भलिबल टोलीलाई गृहजिल्लामा सम्मान गरिएको छ । जिल्ला भलिबल संघ ,म्याग्दीको आयोजनामा खेलाडीलाई पञ्चेबाजा घन्काउदै…

thumbnail

राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदै

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेल विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिकाबीच हुनेछ । विराटनगर लिगको दोस्रो स्थानमा रहेको…

thumbnail

फुटबल खेलाडी लामाको कतारमा सफलतापूर्वक शल्यक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिया गरिएको छ । लामो समयदेखि दायाँ खुट्टामा चोट बोकेका लामालाई गत साता उपचारका लागि कतार लगिएको थियो । खुट्टामा…