अपराध मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

लागुऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ

सुर्खेत । भेरीगङ्गा नगरपालिका–५ सुर्खेत कालिदमारबाट छ ग्राम ५ सय ९० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी तथा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतको संयुक्त टोलीले बिहीबार बेलुकी ५ः०० बजे सुर्खेत–नेपालगञ्ज सडकखण्डको नेपालगञ्जबाट जहरेसम्म जाँदै गरेको बा४ख १९६१ नम्बरको यात्रुवाहक हाइस रोकी जाँच गर्ने क्रममा सोही गाडीमा सवार वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका १९ वर्षीय गणेश थापालाई पक्राउ गरेको हो ।

जाँचका क्रममा थापाको ज्याकेटको बाँयापट्टिको खल्तीमा तीनवटा प्लाष्टिकको पोका बनाई लुकाइछिपाई राखेको तीन ग्राम ४ सय ७० मिलीग्राम र तीन ग्राम १ सय २० मिलीग्राम धुलो पदार्थ गरी छ ग्राम ५ सय ९० मिलीग्राम लागुऔषध ब्राउन सुगर फेला पारिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

सहप्रवक्ता श्रेष्ठकाअनुसार पक्राउ परेका युवकको साथबाट लागुऔषध नाइट्राभेट ट्याब्लेट तीन पत्ताभित्र २९ ट्याब्लेट, प्रोक्सिवेल स्पास नामक तीन पत्ताभित्र २४ ट्याब्लेट, प्रोक्सिवोन प्लस ट्याब्लेट एक पत्ताभित्र १६ ट्याब्लेट, नेपाली एक हजार ५ सय ५ र एक थान भिभो कम्पनीको मोबाइल बरामद गरी कारवाहीका लागि उनको आवश्यक अनुसन्धान भइरहेको छ । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्दै पैसा मागेको आरोपमा एक पक्राउ

काठमाडौं । प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणसँग पैसा मागेको आरोपमा प्रहरीले हेटौंडाबाट एकजनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१ का ३० वर्षीय सन्जोग लामालाई प्रहरीले शनिबार पक्राउ गरेको हो । लामाले आफू…

thumbnail

लाहानका सुनचाँदी व्यवसायीको हत्या गर्ने दुईजना पक्राउ

जनकपुरधाम । लाहानका सुनचाँदी व्यवसायीको हत्या गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लाहानका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मालाई गए राति १२ बजे गोली हानी हत्या गरेका थिए । लाहान नगरपालिका ७…

thumbnail

सिरहा बम बिस्फोटमा संलग्न थप एकजना पक्राउ

लहान । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवकाटोल निवासी २० वर्षीय गुडु…