अन्नपुर्णमा अध्यक्ष क्याप्टेन गर्बुजा पुन सहित १५१ जनाले लगाए कोरोना विरुद्धको खोप

सुरेन गुरुङ
पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा १५१ जनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ‘कोभिसिल्ड’खोप लगाएका छन् । भुरुङ स्वास्थ्य चौकिमा गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले पहिलो खोप लगाउनुभएको थियो । गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुन सहित गाउँपालिका उपाध्यक्ष केशमाया मगर, प्रशासकीय अधिकृत सुबेदी लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि, सुरक्षाकर्मी, अन्य कार्यालय, बैंक, बित्तीय संस्था, सहकारीका कर्मचारी खोप लगाउन स्वास्थ्य चौकीमा पुग्नुभएको थियो ।

कोरोना अस्पतालकी चिकित्सक लक्ष्मी पन्थि, गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवाल, बिक्रम पुन ,लालदेबी गर्बुजा लगायत स्वास्थ्यकर्मीहरुले खोप लगाउनुभएको थियो । आइतबारदेखी सुरु भएको दोस्रो चरणको खोप अभियानमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, बैंक, बित्तीय संस्था, सरकारी र अन्य कार्यालयका कर्मचारीहरुले लगाउने स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसैगरी, बुधबार मालिका गाउँपालिकाको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मंगला, मालिका र धवलागिरी गाउँपालिकाका लक्षित समुदायका लागि पनि खोप लगाउन थालिएको छ । दरबाङमा मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर ,मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गाना लगायत जनप्रतिनिधि ,निजामति कर्मचारी ,स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी, बैंक, बित्तीय संस्था र अन्य कार्यालयका कर्मचारीहरुले कोरोना विरुद्धको खोप लगाउनुभएकाे छ।

 

दरबाङ र बेनीमा सो अभियान विहिबार सम्म संचालन हुनेछ । म्याग्दीमा दुई चरण गरेर खोप अभियान संचालन गरिएको छ । पहिलो चरणमा ८२१ जनाले खोप लगाएका छन् भने विहिबार सम्म संचालन हुने दोस्रो चरण अन्तर्गत बुधबार सम्म १२०९ जनाले खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्न सक्ने क्षमता विकास सुरु हुने र चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्ने चिकित्सकहरुले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार