अविश्वास प्रस्तावबाट हटाएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिनुभएको छ । झापामा आइतबार आयोजित कार्यक्रममा बोल्नुभएका प्रधानमन्त्री ओलीले आफूलाई हटाउन प्रचण्ड-नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ नपाएको उल्लेख गर्नुभएको छ ।

‘केपी ओलीलाई हटाएर देखाउनुस् न,’ प्रम ओलीले भन्नुभयो , ‘अविश्वास प्रस्ताव राख्नुस्। पास गर्नुस्। पहिले पनि अविश्वास प्रस्ताव राखेर हटाएको हो, म जनताबाट फर्केर आएको हो। अहिले पनि हटाउन सक्नुभएछ भने तीन करोड जनताबाट दुई तिहाइ लिएर आइन्छ।’ उहाँले  लोकतन्त्रलाई तलमाथि हुन नदिने दाबी गर्नुभएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार