आठौं नगरसभा :  संसोधित बजेट र वातावरण बिधेयक पारित (तस्बिर /भिडिओ )

बेनी । म्याग्दीको बेनी नगरपालिकाले संसोधित बजेट र वातावरण सम्बन्धी बनेको विधेयक पारित गरेको छ । नगरपालिकाको सोमबार सम्पन्न आठौ नगरसभामा नगर उपप्रमुख सञ्जु बरुवालले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्ष २०७७÷७८ को संसोधित बजेट र विपद् ब्यवस्थापन समितिका संयोजक तथा वडा न. १ का अध्यक्ष टेकबहादुर रावलले प्रस्तुत गर्नुभएको स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ पारित गरेको हो ।

भिडिओ

बेनी नगरपालिकाको आठौं नगरसभा

 

गत असार १८ गते सम्पन्न नगरसभाले ६२ करोड ३२ लाख ५८ हजार २६४ रुपैयाँको बजेट पारित गरेको थियो । गत आर्थिक वर्षमा खर्च हुन बाँकी बजेटलाई थप गरेर ६६ करोड सात लाख ४६ हजार ४४२ रुपैयाँको बनाइएको छ । संचित कोषमा रहेको मध्य दुई करोड ७८ लाख ८८ हजार ४७० रुपैयाँ विभिन्न योजनाहरुलाई बिनियोजन गर्ने कार्यपालिकाको बैठकको निर्णयलाई नगरसभाले पारित गरेको उपप्रमुख बरुवालले बताउनुभयो ।

बाँकी मध्य थप एक करोड ९० लाख ८० हजार रुपैयाँ पनि विभिन्न योजना तथा कार्यक्रममा बिनियोजन भएको छ । वडा न. ८ को कार्यालय र क्याम्पसचोकको बाढी ब्यवस्थापन गर्न निजी घरजग्गा अधिग्रहणका लागि ७२ लाख ७३ हजार रुपैयाँ बिनियोजन भएको छ । यसैगरी ,नगर उपप्रमुख बरुवालले गत आर्थिक वर्ष २०७६÷७७ मा कुल तीन करोड ३३ लाख ३८ हजार ५५० रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको पौष मसान्त सम्म एक करोड ४८ लाख १० हजार ९८७ रुपैयाँ संकलन भएको जानकारी गराउनुभयो । यस वर्ष नगरपालिकाले चार करोड तीन लाख रुपैयाँ राजस्व संकलन गर्ने प्रक्षेपण गरेको थियो ।

वातावरण सम्बन्धी ऐन बनेपछि नदीजन्य पदार्थको उत्खनन् निकासी र अन्य विकास आयोजनाको प्रारम्भिक वातावरणीय परिक्षणको प्रतिवेदन नगर कार्यपालिकाले पारित गर्ने अधिकार पाएको छ । यसअघि जिल्ला समन्वय समितिले आइई प्रतिवेदन पारित गर्दै आएको थियो । ऐनले फोहोरमैलाको ब्यवस्थापन र साँध सिमानाका रुख काट्ने अधिकारी पनि नगरपालिकाले प्रयोग गर्ने कानुनी बाटो खोलिदिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले बताउनुभयो । फोहोर ब्यवस्थापनमा असहयोग र ऐनको उल्लङघन गर्नेलाई जरिवाना समेत गर्न पाउने ब्यवस्था गरिएको छ ।


नगरसभालाई सम्बोधन गर्नुहुदै नगरप्रमुख हरिकुमार श्रेष्ठले चालु आर्थिक वर्षमा नगरपालिकाको उपलब्धी र प्रगति प्रस्तुत गर्नुभयो । उहाँले कोरोना नियन्त्रण र ब्यवस्थापनसँगै यस वर्ष क्याम्पसचोकको बाढी र वडा कार्यालय निर्माणका लागि जग्गा अधिग्रहण, बहुउद्देश्यिय मैदानमा बसपार्क सञ्चालन लगायतका विकास आयोजना कार्यान्वयनमा तिब्रता दिएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएका ४०५ वटा मध्य हालसम्म १६२ वटाको सम्झौता र ३५ वटाको भुक्तानी समेत भएको जानकारी दिनुभयो ।

 

नगरसभालाई सम्बोधन गर्नुहुदै नगरप्रमुख हरिकुमार श्रेष्ठले चालु आर्थिक वर्षमा नगरपालिकाको उपलब्धी र प्रगति प्रस्तुत गर्नुभयो । उहाँले कोरोना नियन्त्रण र ब्यवस्थापनसँगै यस वर्ष क्याम्पसचोकको बाढी र वडा कार्यालय निर्माणका लागि जग्गा अधिग्रहण, बहुउद्देश्यिय मैदानमा बसपार्क सञ्चालन लगायतका बिकास आयोजना कार्यान्वयनमा तिब्रता दिएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएका ४०५ वटा मध्य हालसम्म १६२ वटाको सम्झौता र ३५ वटाको भुक्तानी समेत भएको जानकारी दिनुभयो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार