आमहड्तालमा रचनात्मक काम,रामेछापमा सडक सरसफाई

रामेछाप । नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालमा तोडफोड र आगजनी मात्र भएका छैनन् । कतिपय स्थानमा रचनात्मक काम पनि भएका छन् । रामेछापमा भने आमहड्ताल गर्दै सडक सफाई गरेका छन् । आन्दोलनकारीहरुले सफाई अभियान अघि बढाएका हुन् ।

बन्दको बेला सडकमा कुनै पनि गाडी गुड्न नदिनका लागि लाठी लिएर बस्नुको सट्टा सडक सफाई गरेर मन्थली बजारमा सकारात्मक सन्देश समेत दिएका छन् । आन्दोलनकारी भन्नासाथ कुटपिट, तोडफोडमै उत्रिनुपर्छ भन्ने गलत मान्यताविपरित नेकपा प्रचण्ड–नेपाल रामेछापले सरसफाई गरेको रामेछापका एक नेताले बताए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार