ओखलढुंगामा एक महिलाले जन्माइन् एकैपटक ३ सन्तान

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाकी एक महिलाले तीन सन्तानलाई जन्म दिएकी छिन् । आईतबार चम्पादेवी गाउँपालिका ५ की सान्ता कार्की बुढाथोकीले एकैपटक एक छोरी र दुई छोरालाई जन्म दिएकी हुन् ।

प्रसुती बेथा लागेर स्थानीइ फेदिगुठ स्वास्थ्य चौकीमा जार्दैगर्दा बाटोमै एक छोरीलाई जन्म दिएकी उनले अन्य दुई सन्तानलाई काठमाडौंस्थित थापाथली प्रसुती गृहमा पुगेपछि अप्रेसन गरी जन्म दिएको सुत्केरी महिलाका आफन्त मनोज बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीले एउटा सन्तानलाई सकुसल जन्म दिएपनि अन्य दुई सन्तानलाई जन्म दिन नसक्ने अवस्थामा पुगेपछि बिभिन्न ब्यक्ती तथा निकायको पहलमा राष्ट्रपती महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकप्टर चार्डर गरेर काठमाडौं पठाईएको थियो । अहिले आमा र बच्चाहरु सबैको अवस्था सामान्य रहेको पारिवारीक श्रोतले जनाएको छ ।

ग्रामीण भेग तथा दुरदराजमा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समस्या परेको अवस्थामा जिल्ला प्रशासन कार्यलयसंगको समन्वयमा राष्ट्रपती महिला उत्थान कार्यक्रमले निशुल्क बिरामीको उद्धार गर्ने गरेको छ । यसले ग्रामिण भेगका महिलाहरुलाई ठुलो राहात पुगेको स्थानीयहरुले बताएका छन । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार