गलेश्वर मन्दिरको छाना पित्तलले छाइने

बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ मा अवस्थित प्रसिद्ध गलेश्वर मन्दिरको छानालाई पित्तलले छाइने भएको छ ।शनिबार सम्पन्न गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ औं कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो ।

????????????????????????????????????

मन्दिरको छाना छाउन कोषका आजिवन सदस्य रमेश शर्माले ५ लाख ५५ हजार पाँचसय ५५ रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो । वाँकी अपुग रकम कोषको आन्तिरक स्रोतबाट खर्च गरिने उहाँले बताउनुभयो ।

????????????????????????????????????

सभामा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले गलेश्वर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न थप पूर्वाधार निर्माण र प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । गलेश्वर क्षेत्र भित्र रहेका अन्न क्षेत्र,ज्येष्ठ नागरिक आश्रम र विद्यालयको विकासका लागि योजाबद्ध रुपमा अगाडि बढ्न उहाँले सुझाव दिनुभयो ।

????????????????????????????????????

सभामा आजिवन सदस्य शर्माले गलेश्वर मन्दिरको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ्रनो बुवा राधाकृष्ण शर्माले गलेश्वर क्षेत्रको विकासका लागि थालेको अभियानलाई आगमी दिनमा पनि निरन्तरता दिने बताउनुयभो ।

????????????????????????????????????

सभामा बेनी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बेलबहादुर चोखाल ,धार्मिक संघसंस्थाका तर्फबाट अमृतदेवी बानियाँ,पूर्व अध्यक्ष महेश पराजुली, युवानाथ रेग्मी र सभासदका तर्फबाट सुमन बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो । सभामा प्रस्तुत भएको कोषका अध्यक्ष रुद्रबहादुर कार्कीको अध्यक्षको प्रतिवेदन,सचिव रेग्मीको प्रगति प्रतिवेदन र कोषाध्यक्ष बमबहादुर पुनको आर्थिक प्रतिवेदन सभाले पारित गरेको छ ।

????????????????????????????????????

सभामा कोषाध्यक्ष पुनले पौष मसान्त सम्म गत वर्षको समेत गरि २ करोड ८६ लाख, २० हजार ७ सय २८ रुपैयाँ आम्दानी र पौष मसान्त सम्म खर्च १९ लाख ६७ हजार ८ सय १४ रुपैयाँ खर्च भई कोषको कुल वचत २ करोड ६६ लाख ५२ हजार ९ सय १३ रुपैयाँ बचत रहेको जानकारी गराउनुभएको थियो । कोषका अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष पण्डित भिमनाथ पराजुलीको स्वागत र सदस्य सचिव रेग्मीको सञ्चालनमा सभा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार