डिभिजन वन कार्यालय उत्कृष्ट

बेनी । गण्डकी प्रदेश सरकार मातहत म्याग्दीमा रहेका कार्यालयहरु मध्ये डिभिजन वन कार्यालय उत्कृष्ट बनेको छ ।प्रदेश सरकारले बनाएको नमूना कार्यालय मापदण्ड ,२०७६ बमोजिम म्याग्दीबाट डिभिजन वन कार्यालय छनौट भएको हो ।

प्रदेश सरकार स्थापना भएको तेस्रो वर्ष पुरा भएको अवसरमा मंगलबार पोखरामा एक समारोहका विच म्याग्दी सहित ११ वटै जिल्लाका एक÷एक वटा कार्यालयलाई पुरस्कृत गरिएको हो ।

गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निमित्त डिभिजन वन अधिकृत सन्तोष खनाललाई बीस हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यालय ब्यवस्थापन, कर्मचारी परिचालन, बजेट कार्यान्वयन, भौतिक संरचना र सेवाप्रवाहको अवस्थालाई आधार मानेर मूल्याङ्कन गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार