तीनकुनेको जेब्रा क्रसमा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु

काठमाडौंको तीनकुनेमा आइतबार बिहान क्याम्पस हिँडेका विद्यार्थीलाई कारले ठक्कर दिएको छ। भिएस निकेतनमा कक्षा ११ मा पढ्ने एक विद्यार्थीलाई कारले तीनकुनेस्थित जेब्रा क्रसिङमा ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

प्रहरीको बानेश्वर वृत्तका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले ठक्कर दिएपछि विद्यार्थीलाई उक्त कार चालकले नै ट्रमा सेन्टर पुर्‍याएको बताए। विद्यार्थी र कार चालकको नाम र नम्बर खुलेको छैन। बाहिरी चोट देखिएको छैन। भित्री चोट छ कि भनेर कार चालकले नै विद्यार्थीलाई ट्रमा सेन्टर लगेका रहेछन्, थप खोजि गर्दैछौं,’ उनले भने। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार